arthik abhiyan
ad banner

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, २२ कात्तिक २०७६)

Nov 8, 2019 
लगानी
Image Not Found

चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा २ गुणा वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. १३ लाख ६५ हजार नाफा कमाएको हो । कम्पनीले गत आवमा रू. ६ लाख ७६ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ६ करोड छ । जगेडा कोषमा रू. १ करोड ३३ लाख छुट्याएको छ । पहिलो त्रैमासमा कम्पनीले रू. १४ करोड ९६ लाख निक्षेप संकलन गरेको छ भने रू. ७३ करोड ५४ लाख कर्जा प्रवाह भएको छ । सो अवधिमा कम्पनीले रू. ९४ लाख खुद ब्याज आम्दानी गरेको छ । सञ्चालन नाफा रू. २१ लाख ४६ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ११, मूल्य आम्दानी अनुपात ४६ दशमलव २४, तरलता अनुपात १७ दशमलव ३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२२ दशमलव २७ छ ।  बिहीवार कम्पनीको शेयर मूल्य रू. ४०४ कायम भएको छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिन सामान्य डोजी  आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने बढ्ने कुनै संकेत गर्दैन । आरएसआई न्यूट्रल जोन ३९ दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ७८ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक अर्कासँग नजीकै छन् । हालको मूल्यरेखा दुवै रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४०४ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ४२१ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४०० मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्