arthik abhiyan
ad banner

ठगबाट रू. ३ करोड रकम असुल

Nov 8, 2019 
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर (अस) । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्नेहरूबाट  श्रम तथा रोजगार कार्यालय विराटनगरले ३ करोडभन्दा बढी रकम असुल गरेको छ । २०७५ फागुन २३ देखि २०७६ असार सम्ममा उक्त रकम असुल गरेको हो ।

ठगलाई कारबाहीसहित थप ३ करोड रूपैयाँ उठाउन बाँकी रहेको कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले बताए । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारमा भएको ठगीको मुद्दा हेर्ने अधिकार वैदेशिक रोजगार विभागलाई दिएको छ । तर विभागलाई अनुसन्धान अधिकृत तोक्ने र अधिकार प्रत्यायोजन गर्न सक्ने अधिकार भने ऐनले दिएको छ । श्रम विभागले श्रम तथा रोजगार कार्यालयको अधिकार कटौती गरेर ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैदेशिक रोजगारीमा भएको ठगीको मुद्दा हेर्ने अधिकार प्रत्यायोजन गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्