arthik abhiyan
ad banner

अमेरिकी सामग्रीमाथिको अतिरिक्त कर हटाउँदै चीन

Nov 8, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

पेचिङ (चीन) । चीनले अमेरिकी सामग्रीमाथि लगाएको अतिरिक्त आयात कर हटाउने भएको छ । बिहीवार चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग चरणबद्धरूपमा अतिरिक्त कर हटाउने सहमति भएको जानकारी दिएको हो । 

मन्त्रालयका प्रवक्ता काओ फङले दुवै पक्ष एकअर्काका सामग्रीमाथि लगाइएको अतिरिक्त कर हटाउन सहमत भएको बताएका हुन् । उनले दुवै मुलुक पहिलो चरणको व्यापार सम्झौताको निकै नजीक रहेको बताएका हुन् । पछिल्लो दुई सातादेखि दुई मुलुकबीच व्यापार वार्ता चलिरहेको छ । यो सम्झौताको लागि चीन र अमेरिकाले एकै समयमा केही सामग्रीमाथिको अतिरिक्त कर हटाउनुपर्ने फङले बताएका हुन् ।

विगत एक वर्षभन्दा लामो समयदेखि चल्दै आएको व्यापार युद्ध अन्त्यको लागि पहिलो चरणको व्यापार सम्झौता हुन लागेको हो । व्यापार सम्झौता हुने सम्भावना प्रबल रहेको समाचारसँगै बिहीवार बिहानीको कारोबारमा अमेरिकी शेयर परिसूचक यूएस स्टक एक्सचेन्ज पनि बढेको थियो । 

बजार विश्लेषकहरूले अमेरिका र चीनको बीचमा यस महीनाको अन्तिममा पहिलो चरणको व्यापार सम्झौता हुन सक्ने बताएका छन् । तर, बुधवार समाचार संस्था रोयटर्सले यो सम्झौता स्थगित हुन सक्ने बताएको थियो । रोयटर्सले डिसेम्बरसम्मका लागि यो सम्झौता स्थगित हुन सक्ने उल्लेख गरेको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्