arthik abhiyan
ad banner

आन्दोलनले लफ्थान्साका १ हजार ३०० उडान रद्द

Nov 8, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

बर्लिन (जर्मनी) । कर्मचारीको आन्दोलनको कारण जर्मनीको वायु सेवा प्रदायक लफ्थान्साका १ हजार ३०० उडान रद्द भएका छन् । लफ्थान्साका क्याबिन क्रु सदस्यहरूले तलब तथा सेवा सुविधाको विषयमा असहमति जनाउँदै दुई दिने आन्दोलन शुरू गरेका हुन् । उडान रद्द भएसँगै १ लाख ८० हजार यात्रु प्रभावित बनेका छन् । कर्मचारी संगठन यूएफओ युनियनले जर्मनीको विमानस्थलबाट लफ्थान्साका सबै उडान प्रभावित बनेको जानकारी दिएको छ । एयरलाइन्सले दिएको जानकारी अनुसार लफ्थान्साकाकै अन्य एयरलाइन्स कम्पनीहरू यूरोविङ्स, स्विस, अस्ट्रेलियन एयरलाइन्स र ब्रसेल्स एयरलाइन्सको उडान भने नियमितरूपमा सञ्चालन भइरहेका छन् ।

 लफ्थान्साले बिहीवारका ७०० र शुक्रवारको ६०० उडान रद्द गर्ने निर्णय गरेको हो । यो दुई दिने अवधिमा हुने कम्पनीको सबै उडानको २० प्रतिशत हो । कम्पनीले यो समस्याप्रति सबैसँग क्षमायाचना गर्दै यसको प्रभाव सकेसम्म न्यूनीकरण गर्ने प्रयास भइरहेको बताएको छ । बुधवार जर्मनीको फ्र्यांकफर्ट श्रम अदालतले लप्mथान्साको आन्दोलन रोक्ने निवेदन अस्वीकार गरेको थियो । लफ्थान्साको आफ्ना कर्मचारीसँग लामो समयदेखि यस विषयमा विवाद रहँदै आएको छ । युनियनले भने जुनसुकै समयमा अर्को आन्दोलन हुनसक्ने चेतावनी दिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्