arthik abhiyan
ad banner

नेपाल बैंकको नाफा ३६ प्रतिशतले घट्यो

Nov 8, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २२, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा नेपाल बैंकको नाफा ३६ दशमलव ३३ प्रतिशतले घटेर रू. ५८ करोड १८ लाखमा सीमित भएको छ । बैंकले गत आवको पहिलो त्रैमासमा रू. ९१ करोड ३८ लाख नाफा कमाएको थियो । 

बैंकको वितरणयोग्य नाफा रू. ६ करोड ५६ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले खुद मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । बैंकको चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड छ । रिजर्भ कोषमा रू. १३ अर्ब २५ करोड छुट्याएको छ ।

पहिलो त्रैमासमा बैंकले रू. १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको छ भने रू. ९२ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैंकले रू. १ अर्ब ३२ करोड खुद ब्याज आम्दानी गरेको हो । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ७२, मूल्य आम्दानी अनुपात १४ दशमलव ५४ टाइम्स र प्रतिशेयर नेटवर्थ रू. २ सय ९९ दशमलव ८१ छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्