arthik abhiyan
ad banner

हकप्रद र बोनस पारित गर्न स्वदेशी लघुवित्तको पाँचौं सभा मंसिर १६ गते

Nov 8, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २२, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा मंसिर १६ गते गर्न लागेको छ । कम्पनीले शेयरधनीहरुलाई होटल पाथिभाराको सभाहल सुनसरीमा बिहान ११ बजे बोलाएको हो । 

कम्पनीले २० प्रतिशत बोनस शेयर, १३ दशमलव २५ प्रतिशत नगद लाभांश र बोनस र नगदको करको लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्नको लागि सभा बोलाएको छ । सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजी रू. २७ करोड ६० लाखको आधारमा ४ बराबर १ को अुनपातामा हकप्रद शेयर पारित गर्ने र लघुवित्त अन्य कुनै वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने अधिकार सञ्चालकलाई दिने विशेष प्रस्ताव रहेको छ । 

साथै, वार्षिक प्रतिवदेनमा छलफल गरी पारित गर्ने, संस्थापकबाट ३ जना सञ्चाकहरुको निर्वाचन गर्ने सभाको छलफल गर्ने प्रस्ताव रहेको छ ।   


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्