arthik abhiyan
ad banner

चालू आवको तीन महीनामा सनराइज बैंकको नाफामा ३७% वृद्धि

Nov 8, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २२, काठमाडौं । चालू आवको तीन महीनामा सनराइज बैंकको नाफामा ३७ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा बैंकले रू. ४५ करोड ४३ लाख नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा बैंकले रू. ३३ करोड १४ लाख नाफा कमाएको थियो । चालू आवको तीन महीनामा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । 

बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । चुक्तापूँजी ८ अर्ब १५ करोड छ । रिजर्भ कोषमा रू. २ अर्ब ९४ करोड  छ । तीन महीनामा बैंकको वितरणयोग्य नाफा रू. १५ करोड ८३ लाख छ । एनएफआरएस प्रणाली अनुसार खुद मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

बैंकले यही वितरणयोग्य नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । प्रतिशेयर आम्दानी रू. २२ दशमलव २९, मूल्य आम्दानी अनुपात १० दशमलव ७२, प्रतिशेयर नेटवर्थ रू. १ सय ५५ दशमलव ७८ रहेको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्