arthik abhiyan
ad banner

नेशनल लाइफको साधारण सभा आइतवार, १४.५ प्रतिशत लाभांश पारित हुँदै

Nov 8, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २२, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आव २०७४/७५ को वार्षिक साधारण सभा आइतवार (कात्तिक २४) गते गर्न लागेको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुनेछ । उक्त सभाले प्रस्तावित १२ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस शेयरलाई अनुमोदन गर्नेछ । 

साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगायत शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव सभाका लागि तय भएको छ । 

हाल कम्पनीको शेयर स्वामित्व ३५ प्रतिशत संस्थापक र ६५ प्रतिशत सर्वसाधारण्को हिस्सा रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७४ लाख ४० हजार छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्