arthik abhiyan
ad banner

सूर्या लाइफको अवितरित शेयर आइतवारदेखि लिलामीमा 

Nov 8, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २२, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३ लाख ९ हजार ३०२ कित्ता अवितरित हकप्रद शेयर कात्तिक २४ गते आइतवारदेखि लिलामीमा आउने भएको छ । कम्पनीले यस अघि भदौ ८ देखि अशोज १२ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २७ हजार ३८९ दशमलव २ र सर्वसाधारण तर्फको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

मंसिर १ गतेसम्म यो शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । प्रतिशेयर रू. १०० तोकिएकाले बोलकबोल गर्दा सो भन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम संस्थापकतर्फ सम्पूर्ण कित्ता र सर्वसाधारणतर्फ ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । 

बोलपत्र आवेदनफारम पाउने र बुझाउन स्थानहरुमा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र सूर्या लाइफ इन्स्योरेन्सको उपत्यका बाहिरका पर्सा, बाँके, बुटवल, कास्की, कैलाली, सुर्खेत र सुनसरी रहेका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्