arthik abhiyan
ad banner

गरिमा जातको धानको क्षतिको स्थलगत अध्ययन सम्पन्न    

Nov 9, 2019 
प्रदेश ०३
Image Not Found

कात्तिक २३, चितवन । जिल्लामा लगाइएको गरिमा जातको धानको क्षति मूल्यांकनका लागि स्थलगत अध्ययनको काम सम्पन्न भएको छ । 

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख एवं क्षतिपूर्ति मूल्यांकन समितिका संयोजक मदन थापाको नेतृत्वको पाँच सदस्यीय टोलीले जिल्लामा लगाइएको धानको क्षतिपूर्तिका लागि स्थलगत निरीक्षण गरेको हो ।     
     
समितिका सदस्य सचिव एवं कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार पाँच दिन लगाएर धानखेती भएका सबै स्थानीय तहमा पुगेर अध्ययन गरी टोली फर्किएको छ ।

राष्ट्रिय बीउबिजन समितिको यही कात्तिक ७ गते बसेको बैठकले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्यांकन र  सिफारिस गर्न प्रचलित कानूनअनुसार समितिलाई निर्देशन दिएको थियो ।     

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले सो समितिलाई एक महीनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थियो ।
 
ढकालका अनुसार समितिले स्थलगत निरीक्षणका क्रममा गरिमा धान लगाइएको र समस्या देखिएका भनिएकाको प्रमाणित गर्ने कामसमेत गरेको छ । 

यसअघि ज्ञानकेन्द्रले क्षतिपूर्ति मूल्यांकन नगरेसम्म धान नकाट्न सबैमा आग्रह गरेको थियो । ढकालले क्षतिपूर्ति मूल्यांकन भइसकेकाले कृषकले धान काटेर अर्को बाली लगाउन चाहेमा कुनै समस्या नहुने बताए ।

सामान्यतय बीमामार्फत पाउने भुक्तानी हाराहारी क्षतिपूर्ति दिनुपर्ने जनाइएको छ ।जिल्लाको इच्छाकामना गाउँपालिकाबाहेक छ स्थानीय तहमा यो धान लगाइएको छ । 

प्रारम्भिक विवरणअनुसार जिल्लामा ९६० बिघा हाराहारीमा गरिमा धान लगाइएको तथ्यांक छ ।  रासस

यो  पनि हेर्नुहोस्

चितवनको ९०५ बिघामा नक्कली गरिमा धान लगाइएको तथ्यांक सार्वजनिक

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्