arthik abhiyan
ad banner

सुदूरपश्चिम प्रदेशमा वित्तीय सम्मेलन हुँदै  

Nov 9, 2019 
प्रदेश ०७
Image Not Found

कात्तिक २३, अत्तरिया(कैलाली) । सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मंसिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।    

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा वित्तीय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ । प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको हो ।  

मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेशले स्थानीय तहलाई दिने सम्पूरक अनुदानसम्बन्धी कार्यविधि २०७६ र विशेष अनुदानसम्बन्धी कार्यविधि २०७६ संशोधनसमेत गरेको जानकारी दिए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्