arthik abhiyan
ad banner

कम्पनीहरुले लाभांश प्रस्ताव गर्दा पनि उत्साहित भएनन् लगानीकर्ता

सातामा १४.२० अंक घट्यो नेप्से

Nov 9, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २३,  काठमाडौं । सातामा १४ दशमलव २० अंकले नेप्से परिसूचक घट्न पुगेको छ । 

अघिल्लो साताको बिहीवार र यस साताको बिहीवारको तुलनामा सो अंकले नेप्से परिसूचक घटेको हो । अघिल्लो साता तिहार पर्वका कारण कात्तिक १४ गते एक दिन मात्र शेयर कारोबार भएको छ । 

सो दिन ३ दशमलव १७ अंक घटेर नेप्से परिसूचक १ हजार १४६ दशमलव १७ विन्दुमा बन्द भएकोे थियो । यस साताको बिहीवार परिसूचक ६ दशमलव शून्य ५ अंक घटेर १ हजार १३१ दशमलव ९७ विन्दुमा बन्द भएको छ । 

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले यस वर्षको लागि शेयरधनीहरुलाई आकर्षक लाभांश दिंदा पनि लानीकर्ताहरु उत्साहित भएका छैेनन् । बजार घटेर निकै तल आएकाले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । 

यस सातामा भने परिसूचक ७ दशमलव ३२ अंक घटेको छ । साताको पहिलो दिन आइतवार १ हजार १३९ दशमलव २९ विन्दुबाट शूरु भएको परिसूचक बिहीवार १ हजार १३१ दशमलव ९७ विन्दुमा बन्द भएको हो । 

साताको पाँच कारोबारको अवधिमा रू.१ अर्ब २३ करोड २२ लाख  बराबरको शेयर कारोबार भएको छ । सातामा सबैभन्दा बढी बिहीवार रू. ३७ करोड ४१ लाख ५० हजार बराबरको कारोबार भएको हो । सातामा रू.१७ करोड ५५ लाखदेखि ३७ करोड ४१ लाखसम्म दैनिक कारोबार भएको छ । 

सातामा रू. १४ खर्ब ३७ अर्ब बराबरको बजार पूँजीकरण भएको छ । सातामा १६३ कम्पनीको ४६ लाख ५० हजार २५८ कित्ता शेयरको कारोबार भएको छ । सातामा सबैभन्दा बढी रसुवागढी हाइड्रोपावरको १ हजार ४९९ कित्ता शेयर कारोबार भएको छ । 

दोस्रोमा साञ्जेन जलविद्युतको १ हजार २६९, प्रभु बैंकको ९९४, एनएमबि बैंकको ९७१, नविल बैंकको ६६२, नेपाल बैंकको ५४२, अपर तामाकोशीको ५०९, चिलीमे हाइड्रोपावरको ४७१, मेगा बैंकको ३९२ र सबैको लघुवित्तको ३७२ कित्ता शेयरको खरीद विक्री भएको छ । 

सातामा सर्वाधिक कारोबार भएका कम्पनी

सातामा आठ वाणिज्य बैंकहरुको सर्वाधिक कारोबार भएको छ । पहिलोमा प्रभु  बैंकको  सर्वाधिक शेयर कारोबार भएको छ । दोस्रोमा एनएमबि बैंकको कारोबार भएको छ । 

सातामा सर्वाधिक बजार पुँजीकरण भएका कम्पनी

गत साता सर्वाधिक बजार पुँजीकरण नेपाल दूरसंचार कम्पनीको रहेको छ ।

यस्तै नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, लगायत एनएमबी बैंक, एनआईसी एशिया बैंक र  कृषि विकास बैंकको बजार पुँजीकरण बढी रहेको छ । 

बजारको गतिविधि

सातामा ओम डेभलपमेण्ट र एनएमबि बैंकको मर्जर पछि नेप्सेमा एकिकृत शेयर सूचीकृत भएको छ । मर्जरपछि नेप्सेमा १ करोड ९१ लाख १५ हजार ७९० दशलमव ५६ कित्ता शेयर सूचीकृत भएको छ ।

सातामा ६ कम्पनीले लाभाँंश प्रस्ताव गरेका छन् । कम्पनीहरुको कात्तिक १७ गते बसेको संचालक समितिको बैठक र कत्तिक २० गतेसम्मको बैठकले यस वर्षको लागि लाभांश प्रस्ताव गरेको हो । 

लाभांश प्रस्ताव गर्नेमा लक्ष्मी बैंक, नविल बैंक, सहयोगी विकास बैंक, गुँरास लाइफ इन्स्योरेन्स, नयाँ नेपाल लघुवित्त र सिभिल बैंकले लाभांश प्रस्ताव गरेका छन् । 
    


 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्