arthik abhiyan
ad banner

भारतमा फरेक्स सञ्चिति नयाँ उचाईमा

Nov 9, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २३, नयाँ दिल्ली (भारत) । भारतको विदेशी विनिमय (फरेक्स) सञ्चितिले नयाँ उचाई छोएको छ ।

विदेशी मुद्रा सम्पत्ति ( एफसीए)मा भएको वृद्धिले गर्दा फरेक्स कीर्तिमानी उचाईमा पुगेको हो । केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’ (आरबीआई)ले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर १ मा सकिएको हप्तामा फरेक्स ४ खर्ब ४२ अर्ब ५८ करोड ३० लाख डलरमा पुगेको छ ।

अघिल्लो हप्ताको तुलनामा यो ३ अर्ब ५ करोड १५ लाख डलर धेरै हो । अघिल्लो हप्ता पनि फरेक्स सञ्चिति १ अर्ब ८३ करोड ३२ लाख डलरले बढेको थियो ।

समीक्षा अवधिमा एफसीए ३ अर्ब २० करोड डलरले बढेर ४ खर्ब १३ अर्ब ६५ करोड ४० लाख डलरमा पुगेको छ । सुन सञ्चिति पनि ३० करोड १० लाख डलरले बढी २७ अर्ब ३५ करोड ३० लाख डलरमा पुगेको छ ।

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा स्पेश ड्रइङ राइट्स र कोषमा भारतको रिजर्भ पोजिशन दुबैमा पनि वृद्धि देखिएको छ । रासस/ पीटीआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्