arthik abhiyan
ad banner

मारुतीले लगातार ९ औं महीना पनि घटायो उत्पादन 

Nov 9, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २३, नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले गत महीना सवारी साधन उत्पादन २० प्रतिशत घटाएको छ । 

स्थानीय बजारमा सवारी साधनको माग सुस्ताएपछि कम्पनीले लगातार उत्पादन घटाइरहेको छ । अक्टोबरमा गरिएको कटौती लगातार ९औं मासिक कटौती भएको बताइएको छ । 

कम्पनीले शेयर नियामकमा बुझाएको तथ्यांकअनुसार अक्टोबरमा मारुती सुजुकीले १ लाख १९ हजार ३३७ थान सवारी साधन मात्रै उत्पादन गरेको छ । 

उत्पादनको यो आकार गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव ७ प्रतिशत कम हो । सन् २०१८ को अक्टोबरमा भने मारुती सुजुकीले १ लाख ५० हजार ४९७ थान सवारी साधन उत्पादन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले अल्टो, एस–प्रेस्सो लगायत मिनी कारको उत्पादन ३९ प्रतिशतले घटाएको छ ।

 त्यस्तैगरी, सेलेरिया, इग्निस, स्विफ्ट बलेनो, डीजायर लगायत कम्प्याक्ट कारको उत्पादन भने १३ दशमलव ६ प्रतिशते घटाएको छ । मध्यम आधारको सेडान सियाजको उत्पादन भने ४५ प्रतिशतले घटाइएको छ ।

समीक्षा अवधिमा युटिलिटी भेइकल्स, भ्यान र व्यावसायिक प्रयोजनका हल्का सवारी साधन सबैको उत्पादन दोहोरो अंकले घटेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्