ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुई वर्षमै लसुनको बीउ निर्यात गर्न शुरु   

Nov 9, 2019  
कर्णाली प्रदेश
Image Not Found

 कात्तिक  २३, जाजरकोट । लसुनको पकेटक्षेत्र घोषणा गरी काम थालेको नलगाड नगरपालिकाले दुई वर्षभित्र बीउ निर्यात गर्न थालेको छ ।

नगरपालिका–९, १० का स्थानीयवासीलाई आर्थिक सहयोग गरेसँगै लसुनको बीउ उत्पादन गरी स्थानीयवासीले निर्यात गर्न थालेका हुन् ।

नगरपालिकाले लसुनखेती गर्ने किसानलाई मध्यनजर गरी लसुनको पकेटक्षेत्र घोषणा गरेसँगै लसुनको बीउदेखि खानको लागि देशका विभिन्न ठाउँमा निर्यात भएको हो । पाँच वर्ष अघि बीउ नपाउने यहाँका स्थानीयवासी अहिले लसुनको बीउ विक्री गरी मनग्य आम्दानी गरिरहेको स्थानीयवासी डम्मर रावतले बताए । 

उनले भने, ‘पाँच वर्ष पहिले सिँचाइको अभावमा बाँझो रहेको जमीन अहिले सिँचाइको सुविधासँगै लसुन निर्यात गर्ने मुख्य थलो भएको छ, बीउ नै विक्री गरेर प्रतिघरले रू.१ लाख भन्दा बढी कमाउने गर्दछन् ।’     

अहिले लसुनसँगै स्थानीयवासी अन्य बेमौसमी तरकारीबालीतर्फ आकर्षित भएको पाइएको छ । यातायातको सहज पहुँच भएसँगै यहाँ उत्पादन भएको तरकारीबाली निर्यात गर्न पनि सजिलो भएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्