arthik abhiyan
ad banner

विवर्कका शेयरधनीले हालिन् न्यूमनमाथि मुद्दा 

Nov 9, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी को–वर्किङ कम्पनी  विवर्कका शेयरधनीहरुले बाहिरिँदै गरेका सह–संस्थापक अदाम न्यूमनमाथि मुद्दा दायर भएको छ । 

कम्पनीका डेढ वर्ष काम गरेकी र केही शेयर प्राप्त गरेकी विवर्ककी पूर्व कर्मचारी नताली सोज्काले सन फ्रान्सिस्को माथिल्लो अदालतमा मुद्दा दायर गरेकी हुन् । सोज्काले सो मुद्दालाई अल्पसंख्यक शेयरधनीको तर्फबाट सामूहिक मुद्दाको रुपमा पेश गरेकी छिन्  ।

मुद्दा कम्पनीले न्यूमनलाई उपलब्ध गराउन लागेको करीब १ अर्ब ७० करोड डलर बराबरको ‘लिभिङ प्याकेज’को विरुद्धमा छ । न्यूमनलाई दिन लागिएको सो रकम निकै धेरै भएको र यो अनुचित भएको मुद्दामा भनिएको छ ।

कम्पनीको नियन्त्रण हातमा लिने सो सम्झौताका लागि न्यूमन र विवर्कको लगानीकर्ता सफ्टबैंककले साना शेयरधनीहरुलाई मारमा पारेको समेत आरोप लगाइएको छ । 

यद्यपि विवर्कले भने सो दाबी ‘मेरिटलेस’ भएको बताएको छ । कम्पनीलाई शेयर बजारमा सूचीकृत गरेर रकम जोहो गर्ने प्रयास असफल भएपछि न्यूमनले सेप्टेम्बरमा प्रमुख कार्यकारीको पद छाडेका थिए । 

सूचीकरणको योजना असफल भएपछि विवर्कले सफ्टबैंकको वित्तीय उद्धारको प्याकेज स्वीकार गरेको थियो । यसमा न्यूमनको बहिर्गमन सम्झौता पनि रहेको छ । न्यूनमनले आफ्नो स्वामित्वको अधिकांश शेयर बेच्न र सञ्चालक समिति छाड्न सहमति गरेका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्