arthik abhiyan
ad banner

कञ्चनपुरमा १८ करोड लगानीमा ग्यास उद्योग खुल्दै

Nov 11, 2019 
प्रदेश ०७
NA


धनगढी (अस) । कञ्चनपुरमा १८ करोड रुपैयाँ लगानीमा एलपी ग्यास उद्योग सञ्चालन गरिने भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा ४ जना युवा व्यवसायीले संयुक्त लगानीमा ‘शुक्लाफाँटा ग्यास इन्डस्ट्रिज’ सञ्चालनमा ल्याउन लागेका हुन् । उद्योगमा स्थानीय अमरबहादुर तिरुवा, प्रकाश दर्जी, दीपक दर्जी र दिलीप वडको लगानी रहेको छ ।

२ बिगाहा क्षेत्रफलमा रहने उद्योगको भौतिक संरचना निर्माणका लागि शुक्रवार शिलान्यास गरिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्योगको शिलान्यास गरेका थिए । उद्योगको क्षमता दैनिक ६ हजार सिलिन्डर भर्नेगरी पूर्वाधार निर्माण थालिएको सञ्चालकहरूले बताएका छन् । उद्योगमा सेमी अटोमेटिक प्रणाली रहने उनीहरूले जानकारी दिएका छन् । यसअघि निजीक्षेत्रको लगानीमा कैलालीको अत्तरियास्थित मालाखेतीमा ‘रेडियन्ट’ ब्रान्डमा एलपी ग्यास भरिँदै आएको छ । यस्तै गोदावरी नगरपालिकाको गेटामा साइपाल ग्यास नामक अर्को उद्योग स्थापना भए पनि सञ्चालनमा आउन सकेको छैन । सुदूरपश्चिममा हाल रेडियन्ट ग्यास तथा पूर्वी जिल्लाहरूबाट ‘मनकामना’ र ‘भेरी’ ब्रान्डको ग्यास आपूर्ति हुँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्