arthik abhiyan
ad banner

सुदूरपश्चिमका पर्यटन राज्यमन्त्रीको राजीनामा

Nov 11, 2019 
प्रदेश ०७
NA


धनगढी (अस) । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । राज्यमन्त्री रावलले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । उनले प्रेस विज्ञप्ति जारी गरी कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

महेन्द्रनगरको जनज्योति क्याम्पसका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जनाविरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र किर्ते कागजात गरेको भन्दै मुद्दा दायर भएको थियो । अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रावलको सम्पत्तिमाथि छानबिन शुरू गरेको छ ।

रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको जानकारी दिएको छ । विभागले नेपाल प्रहरीका एसपी कमल थापाको नेतृत्वमा विशेष छानबिन टोली गठन गरी बुधवार र बिहीवार रावलको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत समेत गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्