arthik abhiyan
ad banner

सबैको लघुवित्तको तेस्रो साधारण सभा मंसिर २१ गते, हकप्रद र बोनसको प्रस्ताव

Nov 11, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २५, काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मंसिर २१ गते हुने भएको छ । कम्पनीले मर्स्याङ्दी, रिभर भ्यू रिसोर्ट, बन्दिपुर ५, तनहुमा बिहान ११ बजे सभा बोलाएको हो । 

आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने, वर्तमान लेखा परीक्षकको पुनः नियुक्ती गर्ने, सर्वसाधारण तर्फबाट २ जना सञ्चालकको नियुक्ती गर्ने लगायतको विषयमा छलफल गर्न कम्पनीले सभा बोलाएको हो ।

कम्पनीले आव २०७५ /०७६ को मुनाफाबाट शेयरधनीहरुका लागि कम्पनीले चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ११ लाख २८ हजार ९४७ दशमलव ३७ नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ । बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजी रू. १८ करोड ६४ लाख ५० हजारको १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।

कम्पनीको विशेष प्रस्तावमा प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कुनै ‘घ’ वर्गका एक वा सो भन्दा बढी वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्