कात्तिक २५, काठमाडौं । बागमती नदी किनारको सौन्दर्यीकरण (ब्युटिफिकेशन) को काम करीब ६ महीनाअघिदेखि रोकिएको छ । मुआब्जाको विषयमा स्थानीयसँग विवाद भएपछि काम रोकिएको हो । अहिले बागमती सौन्दर्यीकरणका लागि नदी किनारमा राखिएका निर्माण सामग्रीहरु अलपत्र अवस्थामा छन् । एशियाली विकास बैंकको करीब २ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण थालिएको यो परियोजना सन् २०१९ भित्रै सम्पन्न गरी सुन्दर अनि हराभरा बागमती बनाउने लक्ष्य थियो ।
तर मुआब्जा विवादका कारण काम रोकिएपछि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अहिले अलमलमा परेको छ । अहिले गुह्येश्वरीस्थित बागमती नदी किनारमा राखिएका निर्माण सामग्री यस्तो अवस्थामा देखिए :
तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान