arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गुडविल फाइनान्सको नाफामा १६ प्रतिशत वृद्धि

Nov 12, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा गुडविल फाइनान्सको नाफा १६ प्रतिशतले वृद्धि भएको  छ । सो अवधिमा कम्पनीले रू. १ करोड २१ लाख नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ४ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ८० करोड छ । रिजर्भ कोषमा रू. ३२ करोड ९० लाख छुट्याएको छ । 

चालू आवको तीन महीनामा कम्पनीले रू. ७ अर्ब ३९ करोड निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ७६ करोड कर्जा प्रवाह भएको हो । गत आवको तुलनामा निक्षेप ३१ प्रतिशत र कर्जा प्रवाह ७ प्रतिशतले वृद्धि भएको हो । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ०९, मूल्य आम्दानी अनुपात २१ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५८ दशमलव २५ रहेको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्