arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेस्रो घण्टामा नेप्से स्थिर, कारोबार रकम २४ करोड (२ बजेको अपडेट)

Nov 12, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । मंगलवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ५ दशमलव ४२ अंकले घटेको छ । १ हजार १४५ दशमलव ९२ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ४७ प्रतिशत घटेर १ हजार १४० दशमलव १४ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये अन्य समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । तेस्रो घण्टाको कारोबारमा १४७ ओटा कम्पनीको रू. २४ करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयरमूल्य रू. १७८१ मा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्