arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा कारखाना उत्पादन खुम्चियो 

Nov 12, 2019  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २६, नयाँ दिल्ली (भारत) । सन् २०१९ को सेप्टेम्बर महीनामा भारतको कारखाना उत्पादन खुम्चिएको छ । यसले अर्थतन्त्रमा कायम रहेको संरचनात्मक सुस्तीलाई उजागर गरेको छ । 

तथ्यांक कार्यालयले सार्वजनिक गरेको औद्योगिकि उत्पादन सूचक (आईआईपी)अनुसार सेप्टेम्बरमा उत्पादन ४ दशमलव ३ प्रतिशतले घटेको छ । उत्पादनमा आएको यो कमी ८ वर्षयताकै ठूलो हो ।

 यस अघि सन् २०११ को अक्टोबरमा उत्पादन ५ प्रतिशतले घटेको थियो । योसँगै कारखाना उत्पादन लगातार दोस्रो महीना पनि घटेको छ । तर अघिल्लो महीना देखिएको कमीको तुलनामा भने यो निकै धेरै हो । अगष्टमा उत्पादन १ दशमलव ४ प्रतिशतले घटेको थियो । 

यो तथ्यांकले भारतीय अर्थतन्त्र चालू आर्थिक वर्षको दोस्रो त्रैमास थप सुस्ताउने संकेत गरेको छ । सन् २०१८ को सेप्टेम्बर महीनामा भने औद्योगिक उत्पादन ४ दशमलव ६ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा अटो, फर्निचर, मशिनरी र उपकरण लगायत सबै कोर क्षेत्रको उत्पादन घटेको छ । पछिल्लो तथ्यांकले आगामी महीना केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने अपेक्षा पनि बढाएको छ ।

सरकारले दोस्रो त्रैमासको आर्थिक तथ्यांक नोभेम्बर २९ मा सार्वजनिक गर्दैछ । सेप्टेम्बर त्रैमासमा आर्थिक वृद्धिदर थोरै बढेर ५ दशमलव ३ प्रतिशतमा उक्लिने अपेक्षा गरिएको भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’ (आरबीआई)ले गत महीना बताएको थियो । तर अहिले अर्थशास्त्रीहरुले भने दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर जुन त्रैमासको भन्दा कम हुने बताइरहेका छन् । 

‘यो अर्थतन्त्रको कमजोर अवस्था हो र मनोबल पनि राम्रो छैन तर अर्थतन्त्र सबैभन्दा खराब स्तरमा आयो भन्न चाँहि मुश्किल छ,’ आईडीएफसी फष्र्ट बैंकका प्रमुख अर्थशास्त्री इन्द्रनिल पानले भनेका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्