arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तातोपानी सुक्खा बन्दरगाह : व्यवस्थापन जिम्मा पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई

Nov 13, 2019  
समाचार
Image Not Found
author avatar निकेश खत्री

काठमाडौं । तातोपानीको ‘सुक्खा बन्दरगाह’ सञ्चालन तथा व्यवस्थापनको जिम्मा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले पाएको छ । पारवहनसँग हालसम्म सुक्खा बन्दरगाह सञ्चालनको अनुभव नभएकाले शुरूमा २ वर्षलाई मात्र जिम्मा दिने र त्यस अवधिसम्मको स्थिति हेरेर पुनः जिम्मेवारी दिने÷नदिने निर्णय गर्ने सैद्धान्तिक सहमति भएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवस्तरीय निर्णयले उक्त कम्पनीलाई विनाठेक्का सीधै सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा दिएको हो । नाका सञ्चालनको औपचारिक सहमति सुक्खा बन्दरगाहहरूको नियामक निकाय ‘नेपाल इन्टरमोडल यातायात विकास समिति’सँग गर्नुपर्ने छ । 

हालसम्म इन्टरमोडलले नै यस उक्त नाका सञ्चालन गर्दै आएको थियो । तर, नियामकले नै नाका सञ्चालन गर्न नपाउने नियम र चीनको सहयोगमा बन्दरगाह बनेपछि पट्टाबहाल ‘भाडा’मा पारवहनलाई सञ्चालनको जिम्मा दिने निर्णय गरिएको हो । नियामक निकाय भए पनि इन्टरमोडलले काँकडभिट्टा र वीरगञ्ज एकीकृत जाँच चौकी भने सञ्चालन गर्दै आएको छ ।

सरकारी कम्पनीलाई नै बन्दरगाह व्यवस्थापनको जिम्मेवारी दिँदा त्यसबाट आउने नाफा सरकारी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । 

अन्तरराष्ट्रिय ठेक्काबाट कम्पनी छनोट गर्दा नाफा र रोजगारी ठेक्का पाउने निजी कम्पनीले लग्ने तर सरकारी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिँदा त्यसले सकारात्मक प्रभाव पार्ने बताउँदै उनले भने, ‘मन्त्रालयमा छलफल भए पनि औपचारिक सम्झौता भइसकेको छैन ।’

नाका सञ्चालन गरेबापत पारवहन कम्पनीले कुल नाफाबाट ४० प्रतिशत इन्टरमोडललाई दिनुपर्ने र ६० प्रतिशत नाफा आपैmले राख्न पाउने पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका सूचना अधिकारी तथा निमित्त प्रमुख प्रेमराज भण्डारीले बताए । यसअघि पारवहनले काँकडभिट्टा, कोलकाता, वीरगञ्ज र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको नाका हेर्दै आएको थियो ।

इन्टरमोडलले सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी अन्तरराष्ट्रिय ठेक्का आ≈वान गरेर आवश्यक मापदण्ड पूरा गर्ने निजी कम्पनीलाई दिँदै आएको थियो । तर, पारवहन सरकारी कम्पनी भएको र विभिन्न नाका सञ्चालन गरेको लामो अनुभव भएकाले विनाठेक्का जिम्मा दिइएको मन्त्रालयले बताएको छ । 

यसअघि इन्टरमोडलले विराटनगर, भैरहवा र वीरगञ्जका सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा अन्तरराष्ट्रिय ठेक्का आह्वान गरेर निजीक्षेत्रको कम्पनीलाई दिएको थियो । सञ्चालनको जिम्मा पाए पनि पारवहन कम्पनीले यसलाई सञ्चालन गर्न इन्टरमोडलले तोकेको निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने छ । 

इन्टरमोडलले तोकेको मापदण्डमा सुख्खा बन्दरगाह सञ्चालनको अनुभव, जनशक्ति र बन्दरगाह व्यवस्थापन गर्ने क्षमता तोकिएको छ । तोकिएको मापदण्ड पूरा गर्न पारवहन कम्पनी तयार रहेकाले मन्त्रालयले विश्वास गरेर सीधै बन्दरगाह सञ्चालनको जिम्मेवारी सुम्पने निर्णय गरेको इन्टरमोडलका एक कर्मचारीले भने । 

बन्दरगाह सञ्चालनको जिम्मा पाएपछि पारवहन कम्पनीले ट्रक पार्किङ, भन्सार जाँचपास, गोदाम भण्डारीकरण, तौल मापन, चालक र सहचालकलाई आराम गर्ने स्थान, शौचालय, खाना पकाएर खाने ठाउँ र बन्दरगाह सरसफाइको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, बन्दरगाहमा रहने भन्सार कार्यालय, क्वारेन्टाइन, बैंकको शाखा सञ्चालनको जिम्मेवारी पारवहनले लिन नपर्ने भण्डारीको भनाइ छ । उक्त, निकायलाई पारवहनले बन्दरगाहमा आवश्यक सहजीकरण गर्ने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्