arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वैदेशिक लगानीका बाधक

Nov 15, 2019  
पाठक विचार
NA


सरकारले चाहेर पनि पूर्वाधार र उत्पादनका क्षेत्रमा पर्याप्त खर्च गर्न सक्दैन । विकास निर्माणका लागि नेपालको निजीक्षेत्रको पूँजी पर्याप्त छैन । वैदशिक लगानी आगमनको औसत आँकडा वर्षमा केही अर्ब रुपैयाँभन्दा बढी देखिँदैन । दोहोरो अंकको आर्थिक वृद्धि आवश्यक छ भनेर अर्थमन्त्रीले भाषण गरिरहेका छन् र यसका लागि वैदेशिक लगानी आवश्यक भएको भाषण जहाँ जाँदा पनि गरेको पाइन्छ । 

हाम्रा प्रधानमन्त्री, मन्त्री र कूटनीतिक नियोगका प्रमुखहरूले समेत विदेशमा पुगेर लगानी गर्न आ≈वान गरिरहेका छन् । लगानीमैत्री वातावरण बनेको एकोहोरो रटान आइरहेको छ । तर, आन्तरिक लगानीकर्ताले समेत सरकारलाई पत्याइरहेका छैनन् । निजीक्षेत्रले राजनीतिक र नीतिगत स्थायित्वमा अभैm आशंका गरिरहेको छ । सरकारको प्रतिबद्धता र नीतिगत प्रबन्धमा विरोधाभास छ । सरकार र निजीक्षेत्रबीच आपसी अविश्वास र आशंका छ । 

विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसाय गर्ने वातारण (डुइङ बिजनेश)मा नेपालको व्यवसाय गर्ने वातारण सुध्रिएको छ । यो संकारात्मक संकेत हो । तर, यतिले मात्र लगानी आइहाल्छ भन्ने छैन । मूलतः नेपालको सरकारलाई लगानीकर्ताले पत्याउन नै सकेका छैनन् । राजनीतिक नेतृत्व बेइमान छ भन्ने सोच धेरेमा हाबी भएकाले यसो भएको हुन सक्छ । यसलाई नचिरी लगानी बढ्ने सम्भावना ज्यादै कम देखिन्छ ।

प्रवीण पन्त
नयाँ बजार, खुसीबुँ, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्