arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फलामखानीको सम्भाव्यता अध्ययन शुरू 

Nov 17, 2019  
विविध
NA

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन शुरू भएको छ । खानी तथा भू–गर्भ विभागका ४ जनाको टोलीले खानीको सम्भाव्यता अध्ययन शुरू गरेको हो । भूगर्भविद् ठाकुरप्रसाद कँडेलले भक्कल सामुदायिक वन क्षेत्रमा फलाम रहेको जानकारी पाएपछि सर्वेक्षण गरिएको जानकारी दिए । सम्भाव्यता अध्ययनको प्रतिवेदन ३५ दिनभित्र विभागमा बुझाउने तयारी गरिएको छ । यसअघि पनि फलामखानीको अन्वेषण र सम्भाव्यता अध्ययन गर्न दुई पटकसम्म भू–गर्भविद्सहित विभागको टोली यस क्षेत्रमा आएको थियो ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्