arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सन्दर्भ आठौं कर दिवस : १५ विधाका करदाता सम्मानित,यी हुन् उत्कृष्ट करदाता 

Nov 17, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १,काठमाडौं । आन्तरिक राजस्व विभागले आठौं कर दिवसको अवसरमा  आइतवारबाट  साताव्यापीरुपमा कर सचेतनामूलक कार्यक्रम शुरु गरेको छ । 

मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको दिवसको यसपालिको नारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ तय गरिएको छ । 

कर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं अर्थमन्त्री डा युवराज खतिवडाले गत आवमा बढी करतिर्ने १५ विधाका  उद्योगसँग सम्वन्धित् उद्योगीहरुलाई सम्मानित गरे ।

कार्यक्रममा सवैभन्दा ठूलो करदातातर्फ सुर्य नेपाल प्रालि, निर्यातकर्ता कम्पनीतर्फ डावर नेपाल,जगदम्वा स्टिल, व्यक्तिगततर्फ सिद्धार्थ शमसेर राणा, मूल्यअभिबृद्धि करतर्फ घोराही सिमेन्ट प्रालि,मध्यम करदातातर्फ कामना विकास बैंक,कृषितर्फ अन्पूर्ण एग्रो,बैंक,वित्तीय तथा विप्रेषणतर्फ राष्ट्रिय वाणिज्य बैंक सम्मानित भएका छन् । 

यसैगरी सहकारी  तथा लघुवित्ततर्फ छिमेकी लघुवित्त,बीमा व्यवसायतर्फ नेपाल लाइफ इन्सुरेन्स,स्वास्थ्य तथा शिक्षातर्फ मणिपाल मेडिकल कलेज,सूचना तथा सञ्चारतर्फ वल्र्ड लिंक,व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेट प्रालि,पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी र भिएस मोरिसस प्रालि सम्मानित भएका छन्  ।

यो वर्ष पनि सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बन्न सफल भएका छन् ।

 साताव्यापी कार्यक्रमअन्तर्गत करदातासँग अन्तरक्रिया, कर सचेतना कार्यक्रम, कर मैत्री यात्राअन्तर्गत हास्यव्यंग्यलगायत कार्यक्रम आयोजना गरिदैं छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्