arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

करको दायरा बढाउँदा थपिए करदाता     

Nov 17, 2019  
समाचार
Image Not Found

मंसिर १, काठमाडौं । आन्तरिक राजस्व विभागले विगतभन्दा यसपालि ठूलो मात्रामा करको दायरा बढाएको छ । गत वर्ष २१ लाख करदाता रहेकामा अहिले दायरा बढाएर विभागले २९ लाख ६५ हजार करदाता पुर्‍याएको छ । यो कुल जनसंख्याको करीब छ प्रतिशत हो । 

विभागको निजी तथा विश्लेषण शाखाका निर्देशक कृष्णबहादुर बोहराले करमा समावेश नभएका करदाता समावेश भएको र कतिपय अवस्थामा स्किमका कारण दायरा बढेको बताए ।
उनले ‘प्यान फर अल’ भन्ने अभियानले पनि करको दायरा फराकिलो भएको जिकिर गरे । 

छुटेकालाई सहभागी गराएर दायरालाई अझै बढाउने योजना विभागको छ । विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आयातमा आधारित राजस्व संकलनलाई पछिल्लो समयमा आन्तरिक उत्पादनमा आधारित बनाएको भन्दै करको वृद्धिदर उत्साहजनक रहेको बताए ।

करको दायरा बढेपछि पहिलो चौमासिकमा भने विभागले राजस्वको लक्ष्य भेट्टाउन भने सकेको छैन । गत वर्षको यही अवधिको तुलनामा भने २३ प्रतिशतले राजस्व वृद्धि गरेको छ । 

चालू आवको कात्तिकसम्ममा विभागले रू.१२५ अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो । शुक्रवारसम्मको विवरणअनुसार विभागले कुल रू.१०४ अर्ब मात्रै राजस्व संकलन गरेको छ । 

चालू आवमा भने विभागले कुल रू.५०६ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । कुल गार्हस्थ उत्पादनमा आन्तरिक राजस्वको योगदान भने करीब २२ प्रतिशत छ ।

विभागका अनुसार ‘प्यान फर अल’ कार्यक्रमबाट नयाँ ७ लाख ९४ हजार करदाताले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । मूल्य अभिवृद्धि करमा भने २ लाख ३९ हजार ७५८ करदाता दर्ता भएको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्