arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भिमफेदीका जेलर दम्पती विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nov 17, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमती गोमा कट्टेल थापा विरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

निजले सार्वजनिक सेवाको पदमा रही गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेको  भन्दै अख्तियारले विशेष अदालतमा  मुद्दा दायर गरेको हो ।

निजले सार्वजनिक सेवा प्रवेश गरेको मिति देखि हालसम्म गैरकानूनी रुपमा रू. १ करोड १३ लाख ६० हजार ४१० रुपैया ९५ पैसा आर्जन गरेको अख्तियारको दावी  छ ।

 निजबाट  गैर कानुनी रुपमा आर्जन भएको रकम श्रीमती गोमा कट्टेल थापाको नाममा राखेको पाइएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्