arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४ लाख सवारी साधन फिर्ता बोलाउँदै निशान 

Nov 17, 2019  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी निशानले करीब ४ लाख सवारी साधन फिर्ता बोलाउँदैछ ।

ब्रेकिङ प्रणालीमा त्रुटी भएका कारण आगलागी हुन सक्ने देखिएपछि अमेरिकामा सवारी साधन फिर्ता बोलाउन लागिएको हो । यो समास्या देखिएका सवारी साधनहरुलाई घर बाहिर पार्क गरेर राख्न गाडी मालिकहरुलाई कम्पनीले सुझाव दिएको छ ।

१० सेकेन्ड भन्दा लामो समयसम्म एन्टि–लक ब्रेक सिष्टममा चेतावनी बत्ति बलेको देखियो भने गाडीबाट टाढा जान समेत सुझाव दिइएको छ । गाडीमा पम्प सिल थोत्रो भएर ब्रेक फयूल चुहिएको हुन सक्ने कम्पनीले बताएको छ । 

‘चेतावनीलाई वेवास्ता गरियो भने ब्रेक फयूल चुहिएर एक्चुएटर सर्किटमा विद्युतीय सट हुन सक्छ, यस्तो विरलै हुन्छ तर यसो भयो भने आगलागी हुन सक्छ,’ नेशनल हाइवे ट्राफिक सेफ्टी एड्मिन्ष्ट्रेशनमा पठाइएको एक दस्तावेजमा कम्पनीले भनेको छ ।  

कम्पनीले अमेरिकामा फिर्ता बोलाउन लागेको सवारी साधनमा चार फरक मोडलहरु रहेको बताएको छ । 

यसमा निशान मुरानो एसयूभी मोडल (सन् २०१५ देखि सन् २०१८ बीचका), म्याक्सिमा सेडान (सन् २०१६ देखि सन् २०१८ बीचका), इन्फिनिटी क्यूएक्स ६० र निशान पाथ फाइन्डर एसयूभी (सन् २०१७ देखि सन् २०१९ बीचका) मोडलहरु रहेका छन् । 

कम्पनीले प्रभावित सवारी साधनको समस्या कसरी हटाउने भन्नेबारे काम भइरहेको र गाडी मालिकहरुलाई सन् २०१९ को डिसेम्बरको शुरुदेखि यसबारे सूचित गरिने कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

‘एक पटक समाधान भेटिएपछि आफ्नो सवारी साधन निशानको डिलर वा इन्फिनिटी खुद्रा विक्रेताकहाँ ल्याउनु भनेर गाडी धनीहरुले अन्तिम सूचना प्राप्त गर्नेछन्,’ कम्पनीले भनेको छ । निशानको सवारी साधनमा ब्रेक फयूल चुहिएको यो नै पहिलो पटक भने होइन ।

गत वर्ष पनि कम्पनीले यही समस्याका कारण २ लाख १५ हजार सवारी साधन फिर्ता बोलाएको थियो । सन् २०१८ मा फिर्ता नबोलाइएका सवारी साधन पनि अहिले नै बोलाइएको निशानले बताएको छ । 

रिभर्श क्यामरामा समस्या देखिएपछि यो वर्षको शुरुमा निशान नर्थ अमेरिकाले पनि १२ लाख सवारी साधन फिर्ता बोलाएको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्