arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्र बैंकले ३ अर्ब ८५ करोड ५० लाख बराबरको ट्रेजरी बिल विक्री गर्दै

Nov 17, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ३ अर्ब ८५ करोड ५० लाख बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट सोमवार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको एक सूचनामार्फत जानकारी गराएको छ । बैंकका अनुसार रू. २ अर्ब बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि र रू. १ अर्ब ८५ करोड ५० लाख बराबरको ट्रेजरी बिल १८२ दिने अवधिको लागि विक्री गर्न लागिएको हो । ९१ दिने अवधिको बिल आगामी फागुन ६ गते र १८२ दिने अवधिको बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्