arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मन्त्री भट्टराईद्वारा निजगढ विमानस्थल निर्माण क्षेत्रको अनुगमन

Nov 17, 2019  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । राज्यमन्त्री, सचिव र हवाई उड्डयन विभागका महानिर्देशकसहित आइतवार बारा आएका मन्त्री भट्टराईले विमानस्थल प्रभावित टांगियाबस्ती र काँटगाँउ बस्ती स्थानान्तरणको लागि प्रस्तावित ठाउँको निरीक्षण र सरोकारवालासँग अन्तरक्रिया गरेका हुन् ।

विमानस्थलको प्रस्तावित धावनमार्गमा रहेको जीतपुरसिमरा उपमहानगरपालिका–१६, टाँगियाबस्ती व्यवस्थापन गर्दा अहिलेको भन्दा राम्रो गरिने मन्त्री भट्टराईले बताए । उनले स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए । टांगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बस्ती व्यवस्थापनबारेमा मन्त्री भट्टराईलाई मागपत्र पेश गरेका थिए ।

टांगियाबस्तीमा १ हजार ४७६ घरधुरी रहेको छ । सो अवसरमा जीतपुरसिमराका मेयर डा. कृष्ण पौडेलले बस्ती व्यवस्थापनका लागि संघीय सरकारले निर्णय गरे स्थानीय सरकारले सहयोग गर्ने बताए । टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल र आयोजना प्रमुख प्रदीप अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्