arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आफ्नै नयाँ ‘इकोसिस्टम’ ल्याउँदै हुवावेई

Nov 19, 2019  
बजार
Image Not Found


काठमाडौं । हुवावेईले आफ्नै खुला इकोसिस्टम प्रणाली ‘सिमलेस डिजिटल लिभिङ’ प्रविधि ल्याउने भएको छ । सिंगापुरमा आयोजित कार्यक्रममा कम्पनीले यसबारे जानकारी दिएको हो ।  हुवावेईले अघि सारेको नयाँ प्रणालीले पछिल्लो समय आएका प्रविधि एआईका एप, फाइभजी नेटवर्क र हुवावेईका डिभाइस सपोर्ट गर्ने कम्पनीले बताएको छ । 

हुवावेई मोबाइल सर्भिस (एचएमएस)ले सिंगापुरमा एशिया प्रशान्त क्षेत्रलाई लक्षित गरी ‘डेभलपर डे’ कार्यक्रम गरेको हो । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारको सहभागिता थियो । पछिल्लो समय व्यापार बढ्दो क्रममा रहेको अवस्थामा हुवावेईले नयाँ प्रविधि ल्याउने तयारी गरेको हो । कम्पनीले जनवरीदेखि अक्टोबरसम्ममा २० करोडभन्दा बढी स्मार्टफोन विक्री गरेको छ । 

हुवावेई कन्ज्युमर क्लाउड सर्भिसका अध्यक्ष चाङ फिङयानले कम्पनीका लागि अब हुवावेई इकोसिस्टम सार्वजनिक गर्ने समय आएको बताए । हुवावेईले अघि सारेको इकोसिस्टमको अवधारणाले एउटा स्मार्टफोनलाई आठओटा सपोर्टेड डिभाइस र असीमित आइवोटी सर्भिससँग जोड्ने बताइएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्