arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एशियाली शेयर बजार मिश्रित

Nov 19, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


टोकियो (जापान) । सोमवार एशियाली शेयर बजार मिश्रित देखिएका छन् । चीनले अप्रत्याशित रूपमा ब्याजदर कटौती गरेपछि यस क्षेत्रमा अधिकांश शेयर बजार हरियोमा आएका थिए । आर्थिक गतिविधिलाई टेवा दिन चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी)ले सन् २०१५ यता पहिलो पटक ब्याजदर घटाएको थियो ।

जापानमा कारोबार बन्द हुँदा सोमवार शेयर परिसूचक निक्केई २२५ शून्य दशमलव ६१ प्रतिशतले बढेर ३ हजार २५८ दशमलव ६६ अंकमा आएको थियो । हङकङमा हेङसेङ परिसूचक १ दशमलव ३५ प्रतिशत बढेर २६ हजार ६८१ दशमलव शून्य ९ अंकमा पुगेको थियो । चीनमा पनि साङहाई कम्पोजिट इन्डेक्स शून्य दशमलव ६२ प्रतिशतले बढ्दै २ हजार ९०९ दशमलव २० अंकमा आएर बन्द भएको थियो । 

सोमवारको करोबारमा थाइल्यान्ड, सिंगापुर, ताइवान लगायत अधिकांश बजार हरियोमा आएर बन्द भएका थिए । तर दक्षिण कोरियामा बेञ्चमार्क कोस्पी शून्य दशमलव शून्य ७ प्रतिशतले घटेर २ हजार १६० दशमलव ६९ अंकमा आएको थियो । भारतमा पनि बीएई सेन्सेक्स शून्य दशमलव १८ प्रतिशतले घटेर ४० हजार २८४ दशमलव १९ अंकमा आएको थियो । उक्त दिनको करोबारमा इन्डोनेशिया र अस्ट्रेलियाली शेयर परिसूचक पनि रातोमा आएर बन्द भएका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्