arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चौरजहारीका सबै वडामा सडक

Nov 19, 2019  
यातायात
NA
author avatar प्रवीर ददेल

रुकुम । चौरजहारी नगरपालिकाका सबै वडामा सडक पुगेको छ । नगरपालिकाका १४ ओटै वडाका सबै बस्तीमा सडक पुगेको नगर प्रमुख विशाल शर्माले बताए ।  नगरभित्र ८३ ओटा सडक निर्माण गरिएको उनले जानकारी दिए । सबै गाउँ–टोलमा सडक पुगेपछि नगरपालिकाले चालू आवमा नयाँ सडकका लागि बजेट विनियोजन नगरेको उनको भनाइ छ ।

नगरपालिकाको केन्द्र विजयेश्वरीदेखि सम्बन्धित वडा र बस्तीहरू जोड्ने सडक निर्माण गरिएको छ । नगरपालिकाका अनुसार करीब २५० किलोमिटर सडकको ट्र्याक खोलिएको छ, जसमध्ये ५० किमी सडक स्थानीय तहको निर्वाचन हुनुअघि नै निर्माण भइसकेको थियो । २ आर्थिक वर्षमा करीब २ सय किमी सडक निर्माण गरिएको नगर प्रमुख शर्माले दाबी गरे । नगरपालिकाले ट्र्याक खुलिसकेका सडकको स्तरोन्नति र मर्मत सम्भारका लागि भने बजेट विनियोजन गरेको छ । सडक मर्मतका लागि यस वर्ष ६० लाख रुपैयाँ खर्च हुने नगरपालिकाको अनुमान छ । नगर निर्वाचनपछिको पहिलो वर्ष वर्षामा पहिरो खसेका, भत्केका र खोलानालाले क्षति पुर्‍याएका सडकको मर्मत तथा सफाइमा नगरपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । रकम अपुग भएपछि २० लाख रुपैयाँ थपिएको नगर प्रमुख शर्माले बताए । 

नगरमा ३२ किमीको एउटा र अन्य केही साना सडक चुनावअघि नै बनिसकेका थिए । अधिकांश सडक आपूmहरू निर्वाचित भएर आएपछि बनेको नगर प्रमुख शर्माले जानकारी दिए । सबै टोलमा पुगेका सडकमा बाह्रै महीना यातायातका साधन सञ्चालन गर्नेगरी स्तरोन्नतिको पहल भइरहेको नगरपालिकाले बताएको छ । वर्षामा खोलानालाका कारण केही वडा र टोलमा गाडी पुग्दैनन् । सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारको सहयोग लिने नगरपालिकाको तयारी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्