arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुजुकी एस–प्रेसो

Nov 19, 2019  
यातायात
Image Not Found


नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले आइतवार सार्वजनिक गरेको एसयूभी कार हो एस–प्रेसो । उपयुक्त मूल्य, उच्चस्तरीय सुविधा र नयाँ प्रविधि तथा डिजाइन यो कारको विशेषता भएको दाबी कम्पनीले गरेको छ । आकर्षक लूक्स, सुरक्षा लगायतलाई समेत ध्यानमा राखेर यसको निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘कारमा भारतको पछिल्लो सुरक्षा मापदण्ड अपनाइएको छ,’ उनले भने ।

बलियो र सुरक्षित बनाउन कारमा ४० प्रतिशत चिल्लो स्टील प्रयोग गरिएको छ । कारमा ९९८ सीसीको बीएस–६ मापदण्डमा आधारित के–टेन इन्जिन प्रयोग गरिएको कम्पनीले बताएको छ । ३३६६ मिमी लम्बाइ र १५२० मिमी चौडाइ रहेको यो कार १५४९ मिमी र १५६४ मिमी गरी दुई उचाइको विकल्पमा उपलब्ध छ । यसले ५५०० आरपीएममा ५० किलोवाट पावर र ३५०० आरपीएममा ९० एनएम टर्क उत्पादन गर्दछ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

हार्टेक्ट प्लेटफर्ममा बनाइएको यो कारमा सुरक्षाका लागि ड्राइभर साइड एयरब्याग, एबीसी तथा ईबीडी प्रणाली, सीट बेल्ट रिमाइन्डर, रिभर्ज पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम जस्ता सुविधा रहेको कम्पनीले बताएको छ । कारको अगाडि भेन्टिलेटेड डिस्क र पछाडि ड्रम ब्रेक राखिएको छ । यसको भित्री भागमा डायनामिक सेन्टर कन्सोल, उच्च सीट, ३ स्थानमा क्याबिन बत्ती लगायत सुविधा छन् भने बाहिरी भागमा डबल हेडल्याम्प, रूफ एन्टेना लगायतको व्यवस्था छ । बालबालिकाको सुरक्षाका लागि कारमा ‘चाइल्ड प्रुफ’ डोर छ । यसले इन्धन कम भएको जानकारी समेत दिने कम्पनीले बताएको छ । डबल एयरब्याग, एन्टी लक बे्रकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युशन, तीव्र गतिको जानकारी दिने इन्डिकेटर लगायत विशेषता कारमा छन् । यस्तै हिटर/एसी, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम र एप्पल कारप्ले सुविधा पनि छ ।
कम्पनीले एस सेग्मेन्टको कारमा पहिलो पटक स्टेरिङ माउन्टेड अडियो तथा भ्वाइस कन्ट्रोल सुविधा थपेको छ । यसमार्फत कारमा भएको रेडियोको फ्रिक्वेन्सी आवाज मार्फत बदल्न सकिन्छ । त्यसो हुँदा च्यानल फेर्न स्टेरिङबाट हात हटाइराख्न पर्दैन, जुन सुरक्षाका दृष्टिकोणले राम्रो विकल्प मानिएको छ । ६ प्रकारका कलरसहित यो कार स्ट्यान्डर्ड, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस गरी चार भेरियन्टमा उपलब्ध छ । यसको बुकिङ २ साताअघि नै खुलेको र सो अवधिमा १०० भन्दा बढी कार बुकिङ भइसकेकाले एस–प्रेसो बजारमा प्रतिस्पर्धी कार हुने विश्वास कम्पनीको छ । कारको मूल्य रू. २२ लाख ९९ हजार देखि २५ लाख ४९ हजार छ ।

करण चौधरी
कार्यकारी निर्देशक,
सीजी मोटोकर्प

एस–प्रेसो विशेष सुरक्षा प्राथमिकतामा राखेर बनाइएको छ । यसको डिजाइन फरक भएकाले सडकमा पनि अन्य कारभन्दा यो फरक देखिन्छ, जसकारण सजिलै यो कारलाई चिन्न सकिन्छ । उत्कृष्ट डिजाइन, आकर्षक लूक्स, उच्च सुरक्षा  भएकाले यो कार ग्राहकको रोजाइमा पर्ने विश्वास छ । वातावरण अनुकूल यो कारले नेपाली अटोमोबाइल बजारमा उत्साह थप्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्