arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२.२९ अंकले घट्यो नेप्से परिसूचक (१ बजेको अपडेट)

Nov 19, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । मंगलवार नेप्से कारोबार भएको दोस्रो घण्टामा २ दशमलव २९ अंकले घटेको छ । १ हजार १३१ दशमलव १३ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव २० प्रतिशत घटेर १ हजार १२८ दशमलव ८४ विन्दुमा पुगेको छ ।  

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ । दोस्रो घण्टाको कारोबारमा १३४ ओटा कम्पनीको रू. ८ करोड ७२ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा एनएमबि बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. १ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयरमूल्य रू. ३८६ मा कारोबार भइरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्