arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आँधीखोला लघुवित्तको नाफामा ६४ प्रतिशत वृद्धि

Nov 19, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा आँधीखोला लघुवित्तको नाफा ६४ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. २९ लाख ९७ हजार नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. १८ लाख २४ हजार थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । 

कम्पनीको चुक्तापूँजी रू. १० करोड छ । रिजर्भ कोषमा रू. २ करोड ३६ लाख छुट्याएको छ । रू. १ करोड ६० लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. ४६ लाख ७३ हजार रहेको छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. ११ दशमलव ९९, मूल्य आम्दानी अनुपात ३५ दशमलव ६१ र प्रतिशेयर नेटवर्थ रू. १ सय २३ दशमलव ६५ छ । हाल सम्ममा कम्पनीले १० जिल्लामा १९ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्