arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टुटलको विरोध किन ?

Nov 22, 2019  
पाठक विचार
NA

 

टुटल र पठाओबाट सेवा दिने नपाइने गरी यातायात व्यवस्था विभागले नयाँ नियम बनाएको छ । निजी नम्बरप्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियममा कडाए गरिने उसको भनाइ छ । सूचनाप्रविधिको प्रयोग गरेर टुटल र पठाओले सर्वसाधारणलाई निकै राम्रो सुविधा दिएका छन् । खासगरी राजधानीमा ट्याक्सीको मनपरीबाट वाक्कदिक्क भएका सर्वसाधारण टुटल र पठाओप्रति आकर्षित भएका छन् । उनीहरूलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ । सस्तो पनि र भरपर्दो पनि भएकाले अहिले हजारौं व्यक्तिले यसमा आबद्ध भएर सेवा दिएका छन् । यसले रोजगारी पनि सृजना गरेको छ । तर, यात्रु ठग्न पल्किएका ट्याक्सीवालाहरू टुटल र पठाओको विरोधमा लागिपरेका देखिन्छन् । मिटर भाडामा जान नमान्ने, भनेको ठाउँमा जान नमान्ने तथा अत्यधिक भाडा असुल्ने अनि कार्टेलिङ गरेर यात्रु ठगिरहेका ट्याक्सीवालाहरू टुटल आदिको सेवाको विरोधमा खुलेरै लागेका छन् । ठगी गर्ने ट्याक्सीहरूलाई कारबाही नगर्ने तर यात्रुलाई सेवा दिने कम्पनीहरूलाई भने कारबाही गर्ने गरेर सररकारले जनतालाई दुःख दिन खोजेको छ । यसमा पक्कै पनि मोटो रकमको लेनदेन कारण हुन सक्छ । 

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको प्रयोग कठिन मात्र होइन, भद्रगोल छ । सार्वजनिक यातायातमा यात्रुको अत्यधिक चाप रहेको र ट्याक्सीहरूले पनि मिटरअनुसार भाडा नलिई मनपरी पैसा असुल्ने भएकाले सशुल्क राइड शेयरिङको अभ्यास शुरू भएको हो । यो गैरकानूनी छ भने कानूनमा सुधार गरेर दायरामा ल्याउन सकिन्छ । यात्रु ठग्नेलाई कारबाही नगर्ने तर सेवा दिनेलाई कारबाही गर्ने काम कुनै पनि हालतमा सही मान्न सकिँदैन । 

रमेश अधिकारी
कलंकी, काठमाडौं 

प्रतिक्रिया [1]
User Image

बिष्णु नाथ श्रेष्ठ

[Nov 21, 2019 11:12pm]

यातायात ब्यबस्था बिधाग हैन यातायात अब्यबस्था बिभाग भन्नु पनेँ भयो अब ।


प्रतिक्रिया दिनुहोस्