ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दुई टेलिकम कम्पनीले भित्र्याए साढे ४ अर्बका दूरसञ्चार उपकरण

Nov 24, 2019  
समाचार
NA
author avatar युवराज बस्नेत


काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ४ महीनामा दुई मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले साढे ४ अर्ब रुपैयाँ बराबरका दूरसञ्चार उपकरण आयात गरेका छन् । टेलिकम कम्पनीहरूले पूर्वाधार निर्माणमा तीव्रता दिएसँगै यस वर्ष दूरसञ्चार उपकरण आयात ह्वात्तै बढेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालू आवको पहिलो चौमासिकसम्ममा टेलिकम कम्पनीहरूले चार अर्ब ५६ करोड १९ लाख रुपैयाँका दूरसञ्चार उपकरण आयातको सिफारिश लिएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४ अर्ब १३ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा ५४ करोड ८७ लाख रुपैयाँ बराबरका उपकरण आयात भएको थियो । 

प्राधिकरणका अनुसार साउनदेखि कात्तिक महीनासम्म नेपाल टेलिकम र एनसेलबाहेक अन्य इन्टरनेट सेवाप्रदायक कम्पनी लगायत कुनै कम्पनीले उपकरण आयात गरेका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले देशैभर फोरजी विस्तार तथा पुराना उपकरणको स्तरोन्नतिका कारण उपकरण आयात बढी भएको बताए । हाल टेलिकमले ३२ जिल्लाका ५९ शहरमा फोरजी सेवा दिइसकेको छ । 

नेपाल टेलिकमले मात्र यो अवधिमा २ अर्ब ७८ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको उपकरण भिœयाएको छ । ठूला परियोजनाका काम चलिरहेकाले उपकरण आयात बढेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘३२ जिल्लामा फोरजी सेवा पुगे पनि अभैm धेरै ठाउँमा फोरजीको पहुँच पु¥याउन बाँकी छ,’ उनले भने, ‘अझै उपकरण आयात हुनेक्रममा छ ।’ 

नेटवर्क कनेक्टिभिटी, नेटवर्किङ, बीटीएस टावर लगायत पूर्वाधार निर्माणमा टेलिकम केन्द्रित रहेकाले उपकरण आयात बढी भएको अधिकारीको भनाइ छ । उनका अनुसार अन्य महीनाभन्दा असोजमा टेलिकमको उपकरण आयात बढी देखिएको छ । 

त्यस्तैे चालू आवको चौमासिकसम्म एनसेलले १ अर्ब ७७ करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको उपकरण नेपाल भित्र्याएको छ । प्राधिकरणका अधिकारीका अनुसार एनसेलले अहिले कुनै नयाँ परियोजनालाई अगाडि नबढाएको कारण उपकरण आयातको मात्रा कम देखिएको हो । 

विशेषगरी ठूला दूरसञ्चार परियोजनामा चिनियाँ कम्पनीले ठेक्का लिएर काम गर्दै आएका छन् । चीन, भारत, सिंगापुर, मलेशिया, जापान, कोरिया लगायत मुलुकबाट उपकरण बढी भित्रिने गरेका छन् । खासगरी नेपालका ठूला दूरसञ्चार परियोजना चिनियाँ कम्पनीको ठेक्का दिइएकाले पनि चीनबाट उपकरणहरू बढी आयात भइरहेका छन् । 

अर्कोतिर देशैभर डिजिटल नेपाल अभियानको लागि ब्रोडब्यान्ड इन्टरनेट विस्तार भइरहेको छ । यो ४ महीनाभित्र दूरसञ्चार प्राधिकरणले ठेक्का दिएको कुनै पनि कम्पनीले उपकरण भित्र्याएको तथ्यांक छैन । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्