arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतीय लगानी आउँदैमा राष्ट्रियता डगमगाउँदैन

Nov 25, 2019  
१० वर्ष अघि
NA


सन्धिले मात्र भारतीय लगानी तत्काल बढिहाल्ने म देख्दिनँ । लगानी बढ्नका लागि सर्वप्रथम हामीकहाँ लगानीमैत्री वातावरण हुनुप¥यो । केही अपवादलाई छाडेर हेर्ने हो भने नेपालमा कुनै यस्तो व्यवसाय छैन जसको उन्नति नभएको होस् । यो एउटा सकारात्मक पक्ष हो । हामीले बुझ्नुपर्ने कुरा के हो भने लगानीको कुनै सीमा बाधक हुँदैन । यहाँ भारतीय लगानी बढाउन वातावरण अझ बढी लगानीमैत्रीपूर्ण हुनुप¥यो । यसका साथै हामीले नेपालको नीति प्रगतिशील नभएर अलि अगतिशील पो भयो कि भनेर पुनर्विचार गर्नु आवश्यक छ भन्ने मलाई लाग्छ । 

व्यापार व्यवसायमा भइरहेको उन्नति मुलुकले लिएको नीतिका कारण भइरहेको छ वा अरू नै कुनै कारणले त्यो हेर्नुप¥यो । यो उन्नति संयोगले भएको हो । मुलुकको वार्षिक बजेट बराबर अर्थात् २ सय अर्ब रुपैयाँ रेमिट्यान्सबाट प्राप्त भइरहेको छ । व्यापारमा जुन उन्नति देखिएको छ नि त्यो त्यही रेमिट्यान्सको उपलब्धिमात्र हो । 

को बाधक र को सहयोगी शक्ति हो त्यो पक्षमा म जान चाहन्न । हरेक देशले आफ्नो फाइदालाई पक्षपोषण गर्नु उसको धर्म हो र कर्तव्य पनि हो । नेपालले पनि सर्वप्रथम आफ्नो हितको संरक्षणका लागि अग्रसर हुुनुपर्छ । आफ्नो फाइदा हेर्दा अरूलाई अप्ठेरो पर्छ भने त्यसलाई बाधक भन्ने कि नभन्ने ? सबभन्दा पहिला हामीले यसको जवाफ दिनुपर्छ । फाइदा लिन नसक्नेले अरुलाई दोष लगाउने होइन त्यसलाई आफ्नै कमजोरी मान्नुपर्छ । हामीले भारतीय लगानीका निमित्त आजसम्म क्षेत्रगत प्राथमिकतासमेत छुट्याउन सकेका छैनौं । राज्यको नीति अर्थात् नीतिनिर्माताको कमजोरी हो यो । कुनै क्षेत्रमा लगानीका निमित्त वातावरण बनाइदिने काम त सरकारको नै हो, व्यवसायीको होइन ।  

(नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार चौधरीसँगको अन्तर्वार्ताबाट) 
वर्ष ५, अंक ८, २०६६, कात्तिक १६–२२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्