arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पुनः नियन्त्रित अर्थतन्त्र ?

Nov 26, 2019  
१० वर्ष अघि
NA


२०४६ सालमा लोकतन्त्र पुनःस्थापना भएपछिका ५–७ वर्षसम्म नेपालमा सुधारवादी र उदार अर्थतन्त्रको फराकिलो बाटोमा दृढताका साथ अगाडि बढेको थियो । सोही अवधिमा अवलम्बन गरिएको खुला बजारमा आधारित अर्थतन्त्र निर्माणका लागि लिइएका नीतिहरूको परिणामस्वरूप अनि मुलुकले हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका अनिष्टहरू बेहोर्दाबेहोर्दै पनि पूर्णतः धराशयी हुनबाट जोगियो ।

खुला आकाश नीतिका कारण सञ्चालनमा आएका निजी वायु सेवाहरू, खुला बजार अर्थतन्त्रको अवाधारणाले गर्दा निजी लगानीमा द्रुत गतिमा खुलेर अहिले सयौंको संख्यामा पुगेका बैंक एवं वित्तीय संस्थाहरू, निजी क्षेत्रकै पहलमा खुलेका दर्जनौं मेडिकल कलेजहरू, आइटी कम्पनीहरू, सरकारी स्वामित्व बाहेकका नै खुलेका टेलिफोन सेवाप्रदायकहरू उदारवादी अर्थतन्त्रको अलवलम्बनबाट प्राप्त हुन सकेको उपलब्धिका उदाहरणहरू हुन् । अहिले यी कम्पनीहरूले राजस्व सेवा प्रदायक, वित्तीय पहुँचदेखि अर्थतन्त्रको समग्र विस्तारसम्ममा पुर्‍याएको योगदानलाई अलग गरेर मुलुकको अर्थतन्त्रको कल्पना पनि गर्न सकिँदैन । यी तथ्यहरूले उदारवादी अर्थप्रणालीका सबलताहरूलाई स्वतः पुष्टि गरेका छन् ।

(सम्पादकीयबाट)
वर्ष ५, अंक ८, २०६६, कात्तिक १६–२२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्