arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वरिष्ठ पत्रकार विनय कसजुको निधन

Nov 27, 2019  
विविध
Image Not Found


काठमाडौं (अस) । वरिष्ठ पत्रकार एवं राष्ट्रिय सूचना आयोगका संस्थापक प्रमुख आयुक्त विनय कसजुको ६९ वर्षको उमेरमा निधन भएको छ । २००४ सालमा पाल्पाको तानसेनमा जन्मिएका कसजुको ललितपुरको मेडिसिटी अस्पतालमा मंगलवार दिउँसो निधन भएको हो । निमोनियाको कारण गम्भीर बिरामी भएका उनी कात्तिक १९ गते उक्त अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

पत्रकारिता, सूचनाको हक र बालसाहित्यको क्षेत्रमा कसजुले ठूलो योगदान दिएका थिए । उनको निधनले नेपाली पत्रकारिता र वाङ्मयमा अपुरणीय क्षति पुगेको महसूस गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्