arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निर्माण व्यवसायीको धर्ना कार्यक्रम स्थगित

Nov 27, 2019  
विकास
Image Not Found


काठमाडौं (अस) । सोमवार र मंगलवार प्रधानमन्त्री निवासमा धर्ना दिएको नेपाल निर्माण व्यवसायी महासंघले धर्ना कार्यक्रम स्थगित गरेको छ । महासंघका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग मंगलवार भएको छलफलपछि धर्ना स्थगित गरिएको हो । आन्दोलनका अन्य कार्यक्रम निरन्तर हुने बताइएको छ ।

प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालय र जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तत्कालका लागि स्थगित गरेको महासंघले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलसँगको छलफलमा मन्त्री नेम्वाङले व्यवसायीका माग सम्बोधन गर्नेगरी ऐन नियम ल्याइने आश्वासन दिएका दिए ।

‘व्यवसायीमैत्री ऐननियम बनाउने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नभई सार्वजनिक खरीद अनुगमन कार्यालयको हो,’ नेम्वाङले भने, ‘व्यवसायीका लागि अनुकूल ऐननियम बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछौं ।’ स्वदेशी निर्माण व्यवसायीलाई पाखा लगाउने सोच सरकारको नरहेको प्रस्ट पार्दै उनले मुलुकको भौतिक पूर्वाधारको विकास गर्ने दायित्व स्वदेशी व्यवसायीकै भएको बताए । यस्तै महासंघले अन्य आन्दोलनका कार्यक्रमहरू माइतीघर मण्डलालगायत सडकमा कालो झन्डासहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्गअनुसार चरणबद्ध रूपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी  इक्वीपमेन्ट सहित सडकमा प्रदर्शन गर्ने, बोलपत्रहरू पूर्णरूपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम भने यथावत् राखेको जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्