arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३ वर्षमा पनि बनेन विद्यालय भवन

Nov 27, 2019  
विकास
Image Not Found
author avatar राजेश जीसी

प्यूठान । सुस्त श्रवण विद्यार्थीका लागि प्यूठान नगरपालिका–१ खैरामा ३ वर्षअघि थालिएको आवासीय विद्यालयको भवन निर्माण अझै सम्पन्न भएको छैन । भवन निर्माण पूरा नहुँदा लक्षित विद्यार्थीको पठनपाठन र पढाइमा असर परेको भुवनेश्वरी माविले बताएको छ ।

सम्बन्धित निकायले चासो नदिँदा भवन निर्माणले गति लिन नसकेको भुवनेश्वरी मावि खैराका प्रधानाध्यापक मुक्तिप्रसाद पोख्रेलले गुनासो गरे । निर्माण भएको आधा भाग पनि अहिले जीर्ण बन्दै गएको उनको भनाइ छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, रोल्पाको सहयोगमा उक्त भवनको निर्माण शुरू गरिएको थियो । विद्यालयका दुईओटा भवन अहिले अलपत्र अवस्थामा छन् । भवन डिभिजन कार्यालय र साविकको जिल्ला विकास समितिले भवन निर्माणका लागि करीब १२ लाख रुपैयाँ सहयोग गरेका छन् । तर पर्याप्त बजेट नभएकाले बीचमै काम छाड्नुपरेको भवन निर्माण समितिका अध्यक्ष देव बहादुर बस्नेतले बताए । शहरी विकास मन्त्रालय खारेज भएसँगै भवन निर्माण कसले गर्ने भन्ने अन्योल भएको उनको भनाइ छ । स्थानीयवासीले भने विद्यालय भवन निर्माणको जिम्मेवारी प्यूठान नगरपालिकाले लिनुपर्ने बताएका छन् ।

उक्त विद्यालयमा २०५९ सालदेखि सुस्त श्रवण क्षमता भएका विद्यार्थीले पढ्दै आएका छन् । हाल ३२ जना बालबालिका अध्ययनरत रहेको शिक्षक श्रीधर आचार्यले बताए । उनका अनुसार कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एकै ठाउमा राखेर पढाउने गरिएको छ । सबैलाई एकै ठाउँमा राखेर पठाउँदा विद्यार्थीले राम्रोसँग नबुभ्mने समस्या रहेको उनको भनाइ छ । बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई विद्यालयमा सांकेतिक भाषाबाट पठनपाठन गराइँदै आएको छ । विद्यालयमा प्यूठानसहित छिमेकी जिल्लाहरू अर्घाखाँची, रोल्पा र गुल्मीका विद्यार्थी अध्ययनरत छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्