arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से ०६४ असार ५ को विन्दुमा 

Nov 28, 2019  
१० वर्ष अघि
NA


सेयर बजार घट्ने क्रमलाई निरन्तरता दिँदै आइतबार पनि जारी रह्यो । कारोबार भएको अघिल्लो दिन अर्थात् गत बिहीबारको तुलनामा नेप्से सूचकांक १.१३ प्रतिशतले घटेर आइतबार बजार बन्द हुँदा ५६७.०६ कायम भएको छ । यसअघिको न्यूनतम विन्दु २०६४ जेठ ५ गते नेप्से ५६७.२७ थियो । 

सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल स्टक एक्सचेन्जले अहिले सेयरमूल्यमा आएका गिरावटलाई स्वाभाविक मान्न नसकिने बताएको छ । ‘यो गिरावट खासगरी हकप्रद एवं बोनस सेयर निष्कासन गरेपछि आएको परिवर्तन हो भने अर्कातिर सूचीकृत कम्पनीहरूको वार्षिक साधारणसभा भएको तथा हुने क्रममा रहेकाले सेयर मूल्यमा प्रभाव परेको देखिन्छ ।’ स्टकको विज्ञप्तिमा लेखिएको छ । स्टकले लगानीकर्तालाई हतोत्साहित नहुन पनि आग्रह गरेको छ । यस्तै धितोपत्र बोर्डले पनि सेयरको मूल्यमा आएको गिरावटप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

कतिपय विश्लेषकहरू भने सेयर बजारमा २०५७ साल काण्ड दोहोरिएको बताउन थालेका छन् । सो वर्ष सुरुमा एक्कासि बढेको सेयरको मूल्य पछि एक्कासि घट्दा धेरै लगानीकर्ता पलायन भएका थिए । अहिले पनि त्यस्तै अवस्था आएको छ । रातारात नाफा कमाउने धुनमा ऋण लिएर सेयरमा लगानी गर्नेहरू मात्र होइन, चलाख मानिएका लगानीकर्ताहरूसमेत आत्तिन थालेका पाइएको छ । 

कतिपय पूर्णकालीन लगानीकर्ताहरूले वैकल्पिक पेसाको खोजीमा लागिरहेका पाइन्छ । 

 वर्ष ५, अंक ८, २०६६, कात्तिक १६–२२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्