arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सहयोगी टुटल

Nov 29, 2019  
पाठक विचार
NA


मोबाइलमा एप्लिकेशन खोलेर डिजिटल नक्सामा आफू चढ्ने ठाउँ र पुग्ने गन्तव्य टाइप गरेपछि कति पैसा लाग्छ थाहा हुन्छ । ट्याक्सीको मनोमानीबाट हैरान भएका राजधानीवासीका लागि मोटरसाइकलमा यात्रु बोक्ने टुटल र पठाओको यो सेवा निकै उपयोगी भएको छ । यो सुविधा अहिले दैनिक रूपमा हजारौं राजधानीवासीले प्रयोग गरिरहेका छन् । यो सुविधा ट्याक्सीभन्दा सस्तो छ । यो निकै सहज पनि छ । प्रविधिको विकासले जन्माएको यो सफल व्यवसाय ‘उबर’को नेपाली भर्सन मान्न सकिन्छ । 

नेपालमा केहीले टुटल र पठाओको विरोध गरिरहेका छन् र राइड शेयरिङको विरोधमा छन् । तर, विश्वका धेरै देशमा यस्तो चलन छ । भारतको गोवामा मोटरसाइकल ट्याक्सी सेवा छ । भारतका आठओटा राज्यले दुईपांग्रे सवारीलाई व्यावसायिक प्रयोजनका लागि वैधता प्रदान गरिसकेका छन् । कम्बोडियाका अधिकांश शहरमा पनि मोटरसाइकल ट्याक्सी प्रचलनमा छ । इन्डोनेशिया, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स आदि देशमा पनि मोटरसाइकलले ट्याक्सीको काम गर्छन् । यस्तोमा नेपालमा टुटल र पठाओको सेवालाई रोक्ने होइन, त्यसलाई नियमन गरिनुपर्छ । साथै सुरक्षाका विविध प्रावधान राखेर व्यवस्थित बनाउन आवश्यक छ ।

दिनेश श्रेष्ठ
नयाँ बजार, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्