arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंकिङ सुरक्षामा प्रश्न

Nov 29, 2019  
सम्पादकीय
NA


बैंकहरूले सुरक्षा प्रणाली बलियो बनाएको दाबी गरे पनि मुुलुकमा एकपछि अर्को बंैकिङ अपराध सतहमा आएका छन् । पछिल्लो ३ महीनामा मात्रै नेपाली बैंकिङ क्षेत्रमा ठूला तीन बैंक चोरीका अपराध भएका छन् । 

यीमध्ये पछिल्लो पटकको चोरी अझ गम्भीर प्रकृतिको छ । जनता बैंक तथा मुक्तिनाथ विकास बैंकबाट किर्ते हस्ताक्षर गरी एक समूहले ३० लाख रुपैयाँ झिकेको छ । नक्कली चेकबुक बनाउनुका साथै हजारौं नागरिकका नागरिकता लगायतका कागजात सो समूहसँग भेटिनुले नेपालको बैंक तथा वित्तीय संस्थाले बैंकिङ सुरक्षाका सामान्य प्रक्रियामा समेत हेलचेक्र्याइँ गरेको पुष्टि हुन्छ । 

बैंकबाट फरकफरक तरीकाबाट रकम चोरी भइरहँदा पनि नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्बद्ध बैंकले भने हाम्रो प्रणाली सुरक्षित छ भनेर बनिबनाउ जवाफ दिने गरेका छन् । अपेक्षित गम्भीरता देखिएको छैन ।

कुनै व्यक्तिको सामान्य सूचनासमेत दिन नमिल्ने बैंकिङ प्रणालीमा एउटा व्यक्तिको चेकबुक अर्कै व्यक्तिलाई कसरी दिइयो ? आफ्नै खाताको रकम निकाल्न जाँदासमेत सही मिलेन भनेर रकम भुक्तानी दिन आनाकानी गर्ने बैंकले किर्ते हस्ताक्षर भएको चेकबाट कसरी भुक्तानी दियो ? सानो रकम भए पनि जुन तरीकाले बैंकमा ठगी गरिएको छ त्यो निकै गम्भीर प्रकृतिको छ । 

बैंकबाट फरक फरक तरीकाबाट रकम चोरी भइरहँदा पनि नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्बद्ध बैंकले भने हाम्रो प्रणाली सुरक्षित छ भनेर बनिबनाउ जवाफ दिने गरेका छन् । अपेक्षित गम्भीरता देखिएको छैन । अहिलेको घटनामा पनि केन्द्रीय बैंकबाट ‘सामान्य घटना’ र ‘निक्षेपकर्ताको रकम सुरक्षित छ’ भन्ने बनिबनाउ प्रतिक्रिया आएको छ । 

नबिल बैंकको महेन्द्रनगर शाखाबाट २ करोड रुपैयाँ लुट्ने लुटेराहरू वर्षौं बित्दा पनि पक्राउ परेनन् । एनआईसी एशियामा भएको स्वीफ्ट ह्याकिङको घटनामा पनि कुनै कारबाही भएन । चिनियाँ ह्याकरहरूको समूहले स्वीच ह्याक गरी एटीएमबाट रकम लुटेको घटनापछि पनि केन्द्रीय बैंक तथा बैंकहरूले पाठ सिकेको देखिएन । उच्च प्रविधिको प्रयोग गरेर यस्ता चोरी अन्यत्र पनि भएका छन् भन्ने मानसिकताले गर्दा बैंकिङ सुरक्षामा बढी सक्रियता नदेखाइएको हुन सक्छ । त्यसपछि युजर नेम र पासवर्ड ह्याकिङ गरेर कृषि विकास बैंकबाट रकम चोरी गरियो । त्यस्तै कृषि विकास बैंकको स्वयम्भू शाखाका प्रमुखले पासवर्ड चोरी बैंकिङ सिस्टमकै दुरुपयोग गरी झन्डै ३४ करोड रुपैयाँ ठगी गरेको फेला पर्‍यो । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा संलग्न आठजना विरुद्ध मुद्दा दायर गरेको छ । फरक फरक प्रकृति यी अपराधले नेपालको बैंकिङ क्षेत्र असुरक्षित रहेका पुष्टि गर्छ । 

कागजी प्रक्रियाबाट समेत बैंकबाट रकम चोरी हुनुको कारण कर्मचारीको कमजोरी वा बदमासी नहोला भन्न सकि“दैन । प्रहरीको अनुसन्धानबाट यो रहस्य खुल्ला । तर, बैंकहरूले शाखा विस्तार गर्दा तथा ग्राहकहरूको संख्या बढाउन अस्वस्थ प्रतिस्पर्धा गर्दा बंैकिङ अपराधको बाटो सहज बनेको देखिन्छ । बैंकहरूको आन्तरिक नियमन र सुरक्षा प्रणाली कमजोर भएर नै किर्ते सम्भव भएको हो । 

सरकारले विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेको छ । मुलुकभित्रै मोबाइल बैंकिङ र मोबाइल पेमेन्ट लोकप्रिय हु“दै गएको छ । यो पारदर्शी र सहज पनि मानिन्छ । तर, यसले बैंकिङ सुरक्षामा भने चुनौती थपेको छ । यस्तोमा नियामक निकायले बैंकहरूलाई सुरक्षा अडिट गर्न दिएको निर्देशन पालना भएको पाइ“दैन । बैंकहरूको मुनाफाको केही अंश बैंकिङ सुरक्षाको विषयमा अनुसन्धान गर्न खर्च गर्नुपर्ने हो । तर, विदेशी सफ्टवेयर भएकाले सुरक्षित छ भनेर उनीहरू ढुक्क भएका देखिन्छन् र थप अनुसन्धान गरेको देखिँदैन । 

बैंक विश्वासको कारोबार हो । निक्षेपकर्ताको निक्षेप सुरक्षित छैन भन्ने शंका लागेमा बैंकहरूबाट रकम निकाल्न शुरू हुन्छ । यसो भए मुलुक ठूलो संकटमा फस्न सक्छ । यस्तोमा सर्वसाधारणको अर्बौं रकम सुरक्षित राख्न नियामक निकायले विशेष निर्देशन दिनु आवश्यक देखिन्छ भने बैंकहरूले पनि सुरक्षाका लागि गम्भीर बन्नैपर्ने अवस्था आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्