arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मार्क्सवादी रामराज्यको रणनीति

Dec 1, 2019  
१० वर्ष अघि
NA

 

माओवादीहरूले संसद् चल्न नदिएर बजेट पास गर्नसमेत दिएनन् भनेर अल्पमतवालाहरूको जोडतोडले बनेको बहुमतको सरकारमा बस्नेहरू रोइकराई गरिरहेका छन् । तर, माओवादीले संसद् चल्न दिनुपर्ने कुनै कारण छैन । उनीहरू संसदवादी हुन् संसद् चल्न दिन ? उनीहरूको सिद्धान्त नै संसद् चलाउन नभएर एकदलीय सर्वहारा अधिनायकवाद चलाउने हो भन्ने बुझ्दाबुझ्दै उनीहरूलाई दोष थोपरेर आफूहरू आफ्नो काम कर्तव्यबाट विमुख हुनु माकुने सरकारको अर्घेल्याइँ हो । अर्को कुरा, के माओवादीहरूले जंगल छाडेर सहर र संसद् पस्दा देशको आर्थिक क्रािन्त गर्छौं भनेका थिए र ? बजेट पास हुन दिनु ? उनीहरूले आफ्नो आर्थिक क्रान्ति गर्ने भनेका थिए र त्यो गरी पनि रहेकै छन् । कसैलाई यसको प्रमाण चाहिए सर्वहारा पार्टीको मुख्यालय पेरिस डाँडाको परिसरमा लाम लागेको पजेरो गन्दा हुन्छ ।

मुलुकका लागि आर्थिक क्रान्ति गर्न माओवादीहरूलाई प्राविधिक कारण पनि गाह्रो भएको नबुझ्नेहरूलाई खै के संज्ञा दिने ? अब माओवादीले आफ्नो दलको नाममात्र नभई विचार नै पुरै चीनका नेता माओ त्से तुङ सुहाउँदो राखेका छन् भने तिनले संशोधनवादी देङ स्याओपेङले जस्तो आर्थिक क्रान्तिका कुरा कसरी गरुन् ? त्यसो गर्नासाथ उनीहरू पनि देङजस्तै संशोधनवादी कहलिनुपर्ने हुन्छ । यता भारतको नीति त झन् अँगाल्ने कुरै भएन । हिजो कार्यकर्ताहरू नेपालको जंगलमा बसे पनि प्रमुख नेताहरूलाई भारतीय भूमिबाटै नेतागिरी गर्ने छुट प्राप्त थियो ।  

(तीतोमीठोबाट)
 वर्ष ५, अंक ८, २०६६, कात्तिक १६–२२

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्