arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मजदुर संगठनहरू लचक

Dec 2, 2019  
१० वर्ष अघि
NA


अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषको रकमलाई मजदुरहरूको हितमा समेत परिचालन गर्ने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयद्वारा प्रस्तावित श्रम कानुनमा ‘लचकता’ हुनुपर्ने सर्तमा मजदुर संगठनहरू समेत सकारात्मक भएका छन् । अर्बौंको त्यो कोषको रकम मजदुरहरूको सामाजिक सुरक्षाका लागि प्रयोग हुने भएपछि मजदुर संगठनहरू श्रम कानुनमा ‘हायर एन्ड फायर’ लगायतका कतिपय प्रावधानहरूप्रति लचिलो भएका हुन् । श्रम लचकता भएपछि कारखाना तथा प्रतिष्ठानहरूले आफूलाई आवश्यक नभएका मजदुरहरू सहज रूपमा निकाल्न पाउनेछन् र त्यसरी निकालिएका मजदुरहरूले अर्को रोजगारी नभएसम्म सामाजिक सुरक्षा कोषबाट निश्चित मात्रामा सहयोग पाउनेछन् । त्यसले गर्दा अहिले देखिएको मजदुर र व्यवस्थापनबीचको विवादका घटनाहरू स्वतः कमी आउने अपेक्षा सम्बन्धित क्षेत्रका व्यक्तिहरूले गरेका छन् । 

यस अगाडि मजदुर संगठनहरू ‘श्रम लचकता’को विरोध गर्दै आएका थिए । खासगरी माओवादी भ्रातृ संगठनहरू नेपाल ट्रेड युनियन महासंघले त श्रम लचकताको कडा विरोध गर्दै आएको थियो । त्यस्तै उसले बजेट भाषणमा घोषणा गरिएको सामाजिक सुरक्षाकोषप्रति पनि आपत्ति जनाएको थियो । तर, अहिले ऊ सामाजिक सुरक्षा कोष उठाउन मात्र होइन श्रम लचकता अपनाउनसमेत सहमत हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

सामाजिक सुरक्षा कोषलाई बृहत रूपमा सञ्चालन गर्ने उद्देश्यसहित अर्थमन्त्रालयले पुसको मध्य (डिसेम्बरका अन्त्य) सम्ममा सामाजिक सुरक्षा सम्मेलन गर्ने भएको छ ।  

वर्ष ५, अंक १०, २०६६, कात्तिक २३–२९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्